काठमाडौं – नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा आयोजित एकता सभामा पार्टीलाई देशकै पहिलो शक्ति बनाउन कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
उनले १० घटकबीचको एकतालाई ऐतिहासिक घटना भन्दै अब विचार र नयाँ पुस्ताको नेतृत्वमा पार्टी अघि बढ्ने बताए।
प्रचण्डले जेनजी आन्दोलनले पुराना नेताहरूलाई सच्चिन प्रेरित गरेको उल्लेख गर्दै युवाको भावना र सुशासनका मुद्दालाई पार्टीको केन्द्रमा राख्ने प्रतिबद्धता जनाए।
उनका अनुसार यो केवल कम्युनिस्टहरूको एकता नभई राष्ट्रिय एकताको पनि नयाँ आधार हो।
