• Sunday 18th of October 2026

गृहमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

गृहमन्त्री अर्यालले बालुवाटारस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा पुगेर उनीसँग भेट गरी अवस्था विस्तारै सामान्यीकरण हुँदै गएको र सरकार सुरक्षाको पूर्ण प्रत्याभूति दिएर निर्वाचन गर्न तयार रहेको जानकारी गराए।

पूर्वराष्ट्रपति भण्डारीले निर्वाचनमा सबै दललाई सहभागी गराउन आग्रह गर्दै निर्वाचन समयमा भएमा राष्ट्रलाई राम्रो हुने बताए। उनले अहिलेको अवस्थाको सुरक्षित अवतरण गर्नुपर्ने र परिस्थितिलाई सम्हालेर अघि बढ्न सुझाव दिए।

यसअघि, आजै गृहमन्त्री अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको काठमाडौंको चपलीस्थित पूर्वराष्ट्रपति भण्डारीको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖