• Sunday 18th of October 2026

अभियन्ता खगेन्द्र सुनारले नयाँ राजनीतिक दल ‘हाम्रो पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोगमा दिए निवेदन


  • धनकुटा खबर
  • .

अभियन्ता खगेन्द्र सुनारले नयाँ राजनीतिक दल ‘हाम्रो पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

सुनारको सभापतित्वमा गठित उक्त दलको दर्ता निवेदन आयोगमा पुगेको हो। पार्टीले आफ्नो चुनाव चिन्ह ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक (👍) चिह्न’ प्रस्ताव गरेको छ।

निर्वाचन आयोगका अनुसार सुनारको दल दर्ता निवेदन हाल अध्ययनको चरणमा रहेको छ। आयोगले आवश्यक सबै कागजात, प्रमाणपत्र र समर्थकहरूको सनाखत पूरा भएपछि दर्ता प्रक्रिया अघि बढाइने जनाएको छ।

दल दर्ताका लागि आयोगमा बुझाइएका कागजातमा केन्द्रीय समितिको प्रमाणित निर्णय, विधान, घोषणापत्र, दलको नियमावली र पाँच सय समर्थकहरूको नागरिकता प्रतिलिपि समावेश गरिएको छ। ती पाँच सय समर्थक कुन जिल्लाका हुन् भन्ने विवरणका आधारमा आयोगका सम्बन्धित जिल्ला कार्यालयहरूमा सनाखत प्रक्रिया सुरु गरिएको छ।

‘हाम्रो पार्टी नेपाल’ का दर्ता प्रक्रिया व्यवस्थापनमा संलग्न रामबहादुर मिजारका अनुसार आयोगले तोकेको समयसीमा भित्र सबै सनाखत र दस्तावेज बुझाउने तयारी भइरहेको छ। उनले भने,
“हाल हामी सनाखत प्रक्रियामा छौँ, सबै कागजात तयार भइसकेका छन्। यही कात्तिक ३० भित्र दल दर्ता प्रमाणपत्र पाउने अपेक्षा गरेका छौँ।”

निर्वाचन आयोगले पनि दल दर्ताको अन्तिम म्याद यही कात्तिक ३० गतेसम्म तोकेको छ। आवश्यक प्रक्रिया पूरा भएपछि सुनारको दललाई आधिकारिक रूपमा दर्ता प्रमाणपत्र प्रदान गरिनेछ।

राजनीतिक विश्लेषकहरूका अनुसार, खगेन्द्र सुनारको यो कदम हालको अस्थिर राजनीतिक अवस्थाबीच नयाँ वैकल्पिक राजनीतिक ध्रुव बन्ने प्रयासका रूपमा हेरिएको छ। नयाँ पुस्ताको सहभागिता र डिजिटल माध्यममा सक्रिय युवाहरूलाई आकर्षित गर्ने उद्देश्यसहित ‘हाम्रो पार्टी नेपाल’ ले आफ्नो अभियान सुरु गरेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖