काठमाडौं — नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालप्रति व्यङ्ग्यात्मक शैलीमा अभिवादन गर्दै तीखा टिप्पणी गरेकी छिन्।
झाँक्रीले सामाजिक सञ्जालमार्फत लेखेकी छिन्,
“आफैंले बेइज्जती हुने कारबाही त नगर्याको भए पनि हुने रे कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको?”
उनले माधव नेपालले १९ वर्ष पार्टी प्रमुख भएर बिताएको र बाँकी जीवन जिम्मेवारीका साथ बिताउनुपर्ने बताउँदै पछिल्लो घटनाले उनको इतिहासलाई फेरि बल्झाएको टिप्पणी गरिन्।
झाँक्रीले थपेकी छिन्,
“जिन्दगीमा के लाग्छ र कमरेड? समाज र देशका लागि जीवन अर्पण गर्ने व्यक्तिले ल्याउने भनेको त एउटा मिठो वा तितो स्मृति मात्रै हो।”
उनले माधव नेपालको नेतृत्वको अन्त्यलाई ऐतिहासिक मोडका रूपमा लिँदै भनेकी छिन्, “हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनमा सुख, परिवारमा शान्ति र स्वास्थ्यको शुभकामना।”
पछिल्लो राजनीतिक घटनाक्रममा माधवकुमार नेपालले प्रचण्डसँग सहकार्य गर्दै एमाले नेतृत्वमा फर्किनुका बीच झाँक्रीको यो अभिव्यक्ति चर्चाको विषय बनेको छ।
