• Sunday 18th of October 2026

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पूर्वउर्जामन्त्री दीपक खड्कालाई दिए सात दिनभित्र स्काउटको जग्गा खाली गर्न अन्तिम चेतावनी


  • धनकुटा खबर
  • .

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पूर्वउर्जामन्त्री दीपक खड्कालाई सात दिनभित्र स्काउटको जग्गा खाली गर्न अन्तिम चेतावनी दिएका छन्।

नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा र सोमा बनेका संरचनाको भाडा नतिरेको कारण सात दिनभित्र बक्यौता रकम तिर्न ताकेता गरेको हो। अन्यथा सम्पूर्ण भवन र सामग्री जफत गर्ने चेतावनी दिएको छ।

सूचनामा भनिएको छ—खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले लामो समयदेखि स्काउटको जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको छ, तर भाडा चुक्ता नगर्दा संस्थालाई अपूरणीय क्षति पुगेको छ।

मन्त्री गुप्ताको नेतृत्वमा मन्त्रालयले अब सम्पत्ति संरक्षणमा कडाइ गर्ने संकेत दिएको छ, र स्काउटले कानुनी प्रावधानअनुसार जग्गा र संरचना जफत प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖