• Sunday 18th of October 2026

मर्नै परे यहीं मर्छु,देश छोडेर भाग्दिन:ओली


  • धनकुटा खबर
  • .

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गर्दै वर्तमान सरकारलाई असंवैधानिक भनेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनःस्थापना अनिवार्य भएको बताए।

ओलीका अनुसार वर्तमान सरकार तोडफोड र आगजनीको बलमा बनेको हो र त्यसको गतिविधि संविधानविपरीत छ। उनले भने, “बेठिक तत्वसँग नझुकेको एमाले, दुई दिनको आन्दोलनबाट बनेको यो असंवैधानिक सरकारसँग पनि नझुक्नेछ।”

ओलीले आफ्नो दृढता व्यक्त गर्दै भने, “मर्नैपरे यहीँ मर्छु, देश छाडेर भाग्दिनँ।”
उनले वर्तमान सरकारलाई ‘आकाशबेली सरकार’ भन्दै व्यङ्ग्य गरे र पासपोर्ट रोक्का गरेर दमन गर्न खोजेको आरोप लगाए।

ओलीले सुकरातको उदाहरण दिँदै भने, “सुकरात भागेनन्, केपी ओली पनि भाग्दिनँ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖