• Sunday 18th of October 2026

एक भएर अघि बढ्ने विप्लव, घनश्याम र जनार्दनको संकल्प


  • धनकुटा खबर
  • .

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव, घनश्याम भूसाल र जनार्दन शर्माले एक भएर अघि बढ्ने संकल्प गरेका छन् ।

प्रेस वक्तव्य निकालेर उनीहरूले भनेका छन्, ‘हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न संकल्पबद्ध भएका छौं ।’

साथै उनीहरूले सबै प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यका लागि आह्वान गरेका छन् ।

यी तीनै जना संलग्न रहेको दलसहितको नेपाली कम्युनिस्ट पार्टी बनेको छ । नेकपा एकीकृत समाजवादीमा भूसाल महासचिव थिए । जनार्दन नेकपा माओवादी केन्द्रमा उपमहासचिव थिए । विप्लव कम्युनिस्ट पार्टी नेपालको महासचिव हुन् । यी तीनै जना पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने गरी भएको पार्टी एकतामा सामेल भएनन् ।

तीनै जनाले शुक्रबार संयुक्त प्रेस वक्तव्य निकालेर एक भएर अघि बढ्ने संकल्प लिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖