• Sunday 18th of October 2026

गरिबीको कारण देखाउँदै तोसिमा र गणेश कार्कीले बुझाएनन् लेबी


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा हालसम्म २६ जना केन्द्रीय सदस्यले मात्रै लेबी बुझाएका छन्।

सौराहामा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा कोषाध्यक्ष लिमा अधिकारीले हालसम्म २६ जना नेताहरूले मात्रै लेबी बुझाएको जानकारी गराएकी हुन्।

रास्वपाको वेवसाइटमा ५८ जना केन्द्रीय सदस्य रहेको उल्लेख छ। हालसम्म केन्द्रीय सदस्य तोसिमा कार्की र गणेश कार्कीसहित ३२ जनाले लेबी बुझाएका छैनन्। केन्द्रीय सदस्यले वार्षिक २५ हजार र विभागका सदस्यहरूले १५ हजार लेबी बुझाउनुपर्छ।

तर, केन्द्रीय सदस्यद्वय तोसिमा र गणेशले भने गरिबीको कारण देखाउँदै लेबी नबुझाएको बताइएको छ। रास्वपामा पार्टीका कुनै तहका नेता कार्यकर्ताले आर्थिक अवस्था उल्लेख गरेर जानकारी गराए लेबी तिर्ने नपर्ने व्यवस्था छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖