• Sunday 18th of October 2026

जेनजीहरुले रातो होइन, निलो क्रान्ति नै गरेका हुन् : नेतृ कार्की


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ डा. तोसिमा कार्कीले जेनजीहरुले गरेको आन्दोलन निलो क्रान्ति नै भएको जिकिर गरेकी छिन् ।

उनले भनिन् -‘जेनजीहरुले शान्तिपूर्ण ढङ्गले गरेको भ्रष्टाचार विरुद्धको निलो क्रान्तिमाथि सरकारले नृशंस दमन गर्‍यो। जेनजीहरुले रातो होइन निलो क्रान्ति गरेका हुन्।’

चितवनमा जारी विस्तारित बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा पार्टीले निलो क्रान्ति गर्दै गर्दा जेनजीहरुले रातो क्रान्ति गरेको उल्लेख गरिएकोप्रति पनि उनले असन्तुष्टि जनाएकी छिन् ।

राजनीतिक प्रतिवेदन एउटा ड्राफ्टको रूपमा आएकोले सो विषय सच्चिनुपर्ने उनले बताइन् । विस्तारित बैठकमा आफूले यो विषय सच्याउनुपर्नेमा जोड दिएको उनले बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖