• Sunday 18th of October 2026

नेताहरुले सुध्रिन आवश्यक छ नत्र मान्छे मर्दा पनि खुशी हुने दिन आइपुग्यो :रास्वपा नेतृ सांग्रौला


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको निधनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला संग्रौलाले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छन्। उनले मृत्युले देशको राजनीतिक संस्कारबारे गम्भीर प्रश्न उठाएको बताउँदै नेताहरूले आत्ममूल्यांकन गर्नुपर्ने टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जालमा लेख्दै संग्रौलाले भनिन्, “मोहम्मद अफ्ताब आलमले देह त्याग गरेका छन्। नेताहरूले सुध्रिन आवश्यक छ, कम्तीमा मृत्यु हुँदा मान्छेहरूले उत्सव मनाउने समय नआओस्। आलमको आत्मालाई शान्ति मिलोस्।”

उनको यो वक्तव्य राजनीतिक वृत्त र सामाजिक सञ्जालमा तीव्र रूपमा चर्चामा आएको छ। कतिपयले यसलाई समाजको निराशाको प्रतिविम्ब भनेका छन् भने अरूले मृत्युपछि पनि घृणा र आक्रोश देखिनु नेपाली राजनीतिमा विश्वास संकटको द्योतक भएको टिप्पणी गरेका छन्।

पूर्वमन्त्री आलमको शुक्रबार बिहान काठमाडौं मेडिकल कलेजमा निधन भएको थियो। उच्च रक्तचाप र मधुमेहलगायतका स्वास्थ्य समस्याका कारण उनी करिब एक महिनादेखि सिनामंगलस्थित अस्पतालमा उपचाररत थिए। पछिल्लो एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

संग्रौलाको भनाइले राजनीतिक नेतृत्वप्रति जनभावनाको असन्तोष उजागर गरेको विश्लेषकहरूको ठम्याइ छ। उनी लेख्छिन्, “हामी नेताहरूले यस्तो काम गर्नुपर्छ कि मृत्यु हुँदा जनताले रोइदिऊन्, हर्ष व्यक्त नगरून् — त्यो नै सच्चा नेतृत्वको संकेत हो।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖