• Sunday 18th of October 2026

यदि गोली हानेर संसद जोगाउन सकिन्छ भने सिहंदरबार जलाउँदा किन नहानेको? आफ्नो कमजोरी लुकाउन र नेता बचाउन कुतर्क नगरेको राम्रो :राजिव खत्री


  • धनकुटा खबर
  • .

काठमाण्डौ – पत्रकार राजिब खत्रीले आफ्नो फेसबुकमा प्रहरी प्रमुखको अन्तर्वार्ता सम्बन्धमा कडा प्रतिक्रिया व्यक्त गरेका छन्। उनले लेखेका छन्, “संसद भवन जोगाउन गोली हान्नु बहादुरी होइन। यदि गोली हानेर संसद जोगाउन सकिन्छ भने सिहंदरबार जलाउँदा किन नहानेको? आफ्नो कमजोरी लुकाउन र नेता बचाउन कुतर्क नगरेको राम्रो।”

खत्रीका अनुसार, “राज्यले प्रहरीलाई बन्दुक दिएको नेता बचाउन होइन, जनताको सुरक्षा गर्न हो। तर यहाँ त जनतालाई गोली हानी मारियो। भ्रष्ट्र र हत्याराको आशिर्वादमा बढुवा हुने प्रथाले प्रहरीमाथि जनविश्वास घटाएको छ।”

उनले सेना र प्रहरीको फरक भूमिकामा पनि ध्यानाकर्षण गराएका छन्। “जनता जोगाउने सेना, नेता जोगाउने सेना। सेनाले नेता अनुकूल बोलेन तर प्रहरी प्रमुख बोल्दैछन्। त्यसैले केहीले सेनाको विरोध र प्रहरी प्रमुखको पक्ष पोषण गरिरहेका छन्। प्रहरी नेतृत्व असफल हुँदा सेनाको नेतृत्वले सुरक्षा निकायको साख थप बिग्रन दिएन।”

खत्रीले २३ र २४ गतेका घटनालाई सन्दर्भ गर्दै लेखेका छन्, “२४ गतेको हिंसा २३ को घटनाबाट भिन्न छ। जेनजीले भ्रष्टचारको विरोध गरे तर ओली सरकारले ताकीताकी गोली हान्न लगायो। त्यस बेला प्रहरी निरिह बन्यो। प्रहरीलाई निरिह बनाउनुमा अहिलेका मुख्य दलको हात छ। कार्यकुशलता हैन, पार्टी भक्त प्रहरी नेतृत्व बन्ने परिपाटी बसेको छ, जसले प्रहरीको साख गुमायो।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖