काठमाडौँ – पत्रकार राजिब खत्रीले प्रहरी प्रमुखको अन्तर्वार्तालाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका छन्।
उनले लेखेका छन्, “संसद भवन जोगाउन गोली हान्नु बहादुरी होइन। यदि गोली हानेर संसद जोगाउन सकिन्छ भने सिहंदरबार जलाउँदा किन नहानेको?”
खत्रीले आरोप लगाएका छन् कि राज्यले प्रहरीलाई जनताको सुरक्षा गर्न बन्दुक दिएको हो, तर अहिले प्रहरी नेतृत्व नेताहरूको सुरक्षा गर्न प्रयोग भइरहेको छ।
उनका अनुसार, भ्रष्ट्राचार र हत्याको आशीर्वादमा बढुवा हुने प्रवृत्तिले प्रहरीमाथिको जनविश्वास कमजोर बनाएको छ। उनले सेनाले आफ्नो साख जोगाएको तर प्रहरी नेतृत्व असफल भएको पनि उल्लेख गरेका छन्।
जेनजी आन्दोलनका घटनालाई सन्दर्भ गर्दै उनले लेखेका छन्, “प्रहरीलाई निरिह बनाउने काम मुख्य दलहरूले गरेका हुन्। कार्यकुशलता होइन, पार्टी भक्त बन्ने परिपाटीले प्रहरी संस्थाको साख गुमायो।”
