• Sunday 18th of October 2026

माधवकुमार नेपालले साधारण सदस्य पनि नरहनेगरि कारवाही गरेपछि नेतृ रामकुमारी झाक्रीको माधव नेपाललाई खुल्ला पत्र


  • धनकुटा खबर
  • .

माधवकुमार नेपालले साधारण सदस्य पनि नरहनेगरि कारवाही गरेपछि नेतृ रामकुमारी झाक्रीको माधव नेपाललाई खुल्ला पत्र –

प्रिय कमरेड माधव नेपाल,
अभिवादन!

आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने, कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाईं सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख र बाँकी समय पार्टी प्रमुखलाई चलाउने तथा नियन्त्रण गर्ने जिम्मेवारीमा बसेर काम गर्नुभयो। यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो। बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।

जिन्दगीमा के लानु छ, कमरेड? समाज र देशका लागि जीवन/जवानी अर्पण गरेको व्यक्तिले। लाने त यही हो – एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मका लागि।

बाँकी जीवन सुखद होस्, परिवारमा शान्ति र स्वास्थ्यको हार्दिक शुभकामना। तपाईं जहाँ रहनुहुन्छ, हाम्रो अभिभावक हुनुहुन्छ। मैले यसरी सधैं सम्झने छु।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖