काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे रनवेकाे फ्लड लाइट बिग्रिएपछि काेरियाकाे जाने यात्रुहरू फर्काइएकाे छ ।
चेकइन भइरसकेका यात्रूहरूलाई फर्काइएकाे हाे । काेरियाबाट आएकाे जहाज भारत डाइभर्ट भएकाे छ ।
फ्लड लइट मर्मतकाे काम भइरहेकाले ९ः३० सम्म लागि टेकअप र ल्याण्डिङ बन्द हुने विमानस्थलले जनाएकाे छ ।
धेरै फ्लाइटहरू डाइभर्ट भएका छन् भने केही जहाज आकाशमा हाेल्ड भएका छन्। अहिले विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन् ।
