• Sunday 18th of October 2026

नेपाल ट्रस्ट जग्गा प्रकरणः पूर्वसहसचिव कार्की पक्राउ, अनुसन्धान प्रचण्ड–ओलीसम्म फैलिन सक्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ — नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्। कार्कीले ट्रस्टको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि सस्तोमा लिज दिने सम्झौतामा हस्ताक्षर गरेका थिए।

तर, सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ कि सचिवस्तरीय निर्णय भए पनि ट्रस्टका अध्यक्ष र संरक्षकसम्मको मिलेमतो हुनसक्ने सम्भावना छ। लिज सम्झौता गर्ने बेला प्रधानमन्त्री र गृहमन्त्रीको नेतृत्व फरक–फरक पार्टीका थिए, जसले प्रकरण राजनीतिक तहसम्म पुग्न सक्ने संकेत गरेको छ।

यसअघि प्रहरी र अख्तियारमा उजुरी परे पनि कारवाही अघि बढेन। अहिले सीआईबीले अनुसन्धान तिव्र पार्दै शीर्ष नेतृत्वसम्मको प्रमाण जुटाउन थालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖