• Sunday 18th of October 2026

एमालेमा फर्केपछि झांक्रीको यस्तो सन्देश…


  • धनकुटा खबर
  • .

नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीसहितका केही नेताहरू नेकपा (एमाले) मा पुनः फर्किने तयारीमा छन्।

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको छ।

एमालेको ‘घर फर्क अभियान’अन्तर्गत झाँक्री र नेता किशान श्रेष्ठसहितका केही नेताहरू पुनः पार्टीमा प्रवेश गर्न लागेका हुन्। झाँक्री र श्रेष्ठ दुवै एमाले फुटाउँदा एकीकृत समाजवादी पार्टी गठन गर्ने नेतृत्व टोलीमा थिए। तर, अहिले एकीकृत समाजवादी पार्टी माओवादी केन्द्रसँग एकीकरणमा गएपछि असन्तुष्ट नेताहरू पुरानो दलमा फर्किने तयारीमा देखिएका छन्।

रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै आफ्नो निर्णयलाई सामान्य रूपमा लिन आग्रह गरेकी छिन्। उनले लेखेकी छन्, “यो मेरो राजनीतिक जीवनको उतारचढाव हो। मैले केही निर्णय लिँदै छु, यसलाई सामान्य रूपमा लिनुहोस्। तपाईंहरूको सद्भाव र स्नेह सधैँ सम्झनेछु।”

एमालेले झाँक्रीसहितका नेताहरूको फिर्तीलाई पार्टी सुदृढीकरण र वाम पुनर्गठनतर्फको सकारात्मक कदमका रूपमा लिएको छ। पार्टी स्रोतका अनुसार, ‘घर फर्क अभियान’ अझ व्यापक रूपमा अघि बढाइनेछ।

राजनीतिक विश्लेषकहरूका अनुसार, झाँक्रीको पुनः प्रवेशले एमालेभित्र ऊर्जा थप्ने भए पनि वाम एकताको सन्देश माओवादी–समाजवादी गठबन्धनका लागि चुनौती बन्न सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖