• Sunday 18th of October 2026

अभियन्ता युवराज सफलको पार्टी निर्वाचन आयोगमा दर्ता,नाम ‘नेपाल नागरिक पार्टी’


  • धनकुटा खबर
  • .

अभियन्ता युवराज पौडेल सफल नेतृत्वको समूह नेपाल नागरिक पार्टीमा औपचारिक रूपमा गाभिएको छ। यसअघि समाजवादी केन्द्र नेपाल नाममा दर्ता रहेको दललाई परिवर्तन गरी अब ‘नेपाल नागरिक पार्टी’ नाममा निर्वाचन आयोगमा दर्ता गरिएको हो।

अधिवक्ता भण्डारीले पहिले छुट्टै राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर, सफल नेतृत्वसँग सहमति भएपछि कात्तिक ११ गते आयोगमा दिएको निवेदन फिर्ता लिएका थिए। त्यसपछि दुबै पक्षबीच एकीकरण गरी एउटै दल ‘नेपाल नागरिक पार्टी’ गठन गरिएको हो।

नयाँ दलमा अधिवक्ता भण्डारी सभापति, अभियन्ता युवराज पौडेल सफल उपसभापति र डा. प्रकाश पौडेल सह–सभापति बनेका छन्। त्यस्तै, पुजनजंग गुरुङ महामन्त्री र दिपलाल जोशी कोषाध्यक्ष रहेका छन्। पार्टीमा २८ सदस्यीय केन्द्रीय समिति बनाइएको छ, जसमा नुरमहमत मियाँ, तेजबहादुर कार्की, भगवती ढकाल, रामशरण बुढाथोकी र निरा भण्डारीलगायतको सहभागिता रहेको छ।

उपसभापति सफलका अनुसार, नेपाल नागरिक पार्टीले लोकतान्त्रिक मूल्य, पारदर्शिता र नागरिक सहभागितामा आधारित राजनीतिक मोडल प्रस्तुत गर्नेछ। उनले दललाई “नयाँ पुस्ताको नेतृत्वमा नागरिकका आवाज बोल्ने वैकल्पिक शक्ति”का रूपमा विकास गर्ने योजना रहेको बताए।

पार्टीले छिट्टै आफ्नो नीति, दृष्टि र कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖