• Sunday 18th of October 2026

कुलमानको दल दर्ता आज, पार्टीको नाम नेपाल जनसेवा !


  • धनकुटा खबर
  • .

काठमाडौँ । तीन वटा विकासे मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले सोमबार राजनीतिक पार्टी दर्ता गराउने भएका छन् ।

स्रोतका अनुसार आज सोमबार निर्वाचन आयोगमा दर्ता गर्न लागिएको पार्टीको नाम नेपाल जनसेवा रहने विषयमा छलफल भएको छ । ‘यद्यपि टुङ्गो लाग्न बाँकी छ, तर भोलि आयोगमा जाने तयारी चाहिँ भइसक्यो’, मन्त्री घिसिङ निकट स्रोतले जानकारी दियो ।

पार्टीको आन्तरिक काम सकिएको भएपनि सहभागी हुने नागरिकहरूसँग पार्टीको नाममा अन्तिम छलफल भइरहेको स्रोतले बतायो ।

घिसिङ निकट स्रोतले भन्यो, ‘आज दल दर्ताका लागि निवेदन पेस गर्ने तयारी गरेका छौँ, त्यसपछि धेरै कुरा थाहा भइहाल्छ, अहिलेलाई यति भनौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖