काठमाडौं – ऋषि धमलाको ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा सहभागी हुँदै जनता समाजवादी पार्टीका अध्यक्ष सिके राउतले संघीयता खारेज गर्न खोज्नेहरूलाई कडा चेतावनी दिएका छन्।
उनले भने, “संघीयता खारेज भयो भने देश रहँदैन। संघीयता नेपालको अस्तित्व र समानताको आधार हो।”
राउतले संघीयता विरोधी गतिविधिहरू देशको एकता र शान्तिलाई कमजोर पार्ने बताए।
साथै उनले सरकारले संघीयता खारेज गर्न सक्ने हिम्मत छ भने देखाएर देखाउन पनि चुनौती दिएका छन्।
