• Sunday 18th of October 2026

एमालेले विघटित प्रतिनिधिसभाका आफ्ना सांसदहरुको बैठक बोलायो, सर्वोच्चमा रिट दायर गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ कात्तिक । नेकपा (एमाले) ले विघटित प्रतिनिधिसभामा रहेका आफ्ना सांसदहरुको बैठक बोलाएको छ ।

मुलुकको राजनीतिक परिस्थितिका बारेमा छलफल गर्नका लागि आगामी मंसिर २ गते विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाइएको एमाले नेता महेश बर्तौलाले बताए ।

विघटित प्रतिनिधिसभामा एमालेबाट प्रमुख सचेतकसमेत रहेका बर्तौलाले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरिरहेको अवस्थामा बैठक बोलाइएको बताए ।

मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आयोजना गरिएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖