• Sunday 18th of October 2026

एमालेकै कारण देश सखाप भयो,मधेसलाई थप सखाप पार्न खोजिंदैछ : कांग्रेस नेता यादव


  • धनकुटा खबर
  • .

मधेस प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि संविधान र संघीयतामाथि प्रहार गरेको आरोप लगाएका छन्।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेसले कडा आपत्ति जनाएको हो। यादवका अनुसार आइतबार दुई तिहाइ सांसदसहित प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि अनुरोध गरिएको भए पनि उनले त्यसलाई बेवास्ता गरी एमालेको इशारामा सिन्धुली पुगेर राति शपथ ग्रहण गराएकी हुन्।

यादवले यो कदमलाई ‘दादागिरी र छापामार शैलीको राजनीति’ भन्दै आलोचना गरेका छन्। उनका अनुसार प्रदेश प्रमुखको यो कार्यले संविधानको मर्म र संघीय संरचनामाथि चोट पु–याएको छ।

उनले प्रदेश प्रमुख भण्डारीमाथि एमालेकै पक्षमा काम गरेको आरोप लगाउँदै भने, “एमालेकै कारण देश संकटमा परेको थियो, अहिले उनीहरू मधेस प्रदेशलाई पनि अस्थिर बनाउने खेलमा छन्।”

कांग्रेस संसदीय दलले अब यो कदमविरुद्ध सडक आन्दोलन वा कानुनी लडाइँ मध्ये कुनै बाटो रोज्ने तयारी गरिरहेको यादवले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖