• Sunday 18th of October 2026

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुने तय


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ कार्तिक । एमालेले कारबाही गरेपछि पत्रकार सम्मेलन गरेर मातृभूमि जागरण अभियानको घोषणा गरेका भीम रावल नवगठित नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुने भएका छन् ।

रावललाई एकता घोषणासभामा नै सहभागी गराउने तयारी गरिएको थियो । त्यसको लागि पुष्पकमल दाहालले पनि रावलसँग निरन्तर सम्वाद गरेका थिए ।

तर, उनले केही समय लिने भनेपछि १९ कार्तिकको एकता राष्ट्रिय सम्मेलनमा उनी गएनन् । तर, यो बीचमा रावलसँग संयोजक प्रचण्डले फरि सम्वाद गरेका थिए ।

त्यसपछि भने रावल एकतामा सामेल हुन राजी भएको बताईन्छ । रावललाई राम्रै वरियता दिएर पार्टीमा भित्र्याउनको लागि सह–संयोजक माधवकुमार नेपालपनि सकारात्मक छन् ।

भीम रावलको सुदूरपश्चिममा राम्रो पकड छ । रावलसँग पार्टी एकता नै घोषणा गर्ने दाहाल–नेपालको तयारी छ । यही साताभित्रै एकतामा पुग्नेगरि नेताहरु रावलसँग छलफलमा जुटेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖