• Sunday 18th of October 2026

जेनजी प्रदर्शनमा आगजनी र तोडफोड आरोपमा रास्वपाका पाण्डे पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा निजी र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पोखराबाट विभिन्न व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार रास्वपाका सदस्य अभिमन्यु भनिने बिक्रम पाण्डे समेत पक्राउ परेका छन् । `केही व्यक्तिहरू पक्राउ पर्नुभएको छ,´ प्रहरी प्रवक्ता डिएसपी हरीबहादुर बस्नेत भन्छन्, `अनुसन्धान सुरु भएको छ ।´ जेनजी प्रदर्शनका क्रममा अरू पनि तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले खोजी सुरु गरेको उनले सुनाए ।

पाण्डेले पृथ्वीचोकमा रहेको सहिद लखन थापाको शालिक फुटाउनेसँगै व्यवसायी बिन्दु थापाको घरमा आगजनी गर्नेसम्मको भूमिकामा सक्रिय रहेका प्रहरीले जनाएको छ । उनी यसअघि सङ्घर्षशील सहकारीको रकम हिनामिना आरोपमा पनि पक्राउ परेर धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖