धरानका मेयर हर्क साम्पाङ भन्छन्, “हामी सत्तामा पुग्यौ भने ३ दिन मात्र स्कुल खोल्छौ हामी ।
६-७ दिन पढिराख्नुपर्ने आवश्यक नै छैन । ३ दिन पढ्ने, ४ दिन काम गर्नुपर्छ । काम के – के गर्ने ? खाली ढुङ्गै मात्रै बोक्ने भन्ने हैन । निर्माणमा, उत्पादनमा, आविष्कारमा अन्वेषणमा ।
आविस्कार गर्नुपर्यो नि यो देशका विद्यार्थीहरुले गर्नुपरेन ? अर्काले उमाल्देको भात खाको छ, अर्काले बनाईदेको कलम, अर्काले नै बनाईदेको कपि बोकेको छ ।
अर्कैले लेखिदेको किताब पढेर कुन चाहिँ विद्वान हुने हामी ?”
