भदौ २४ गते मेरो श्रीमतीलाई आगो लगाए । उनको किर्तिपुरको अस्पतालमा उपचार भैरहेको थियो ।
डाक्टरले भारत लगेर उपचार गर्न सुझाव दिए ।एम्बुलेन्समा लैजान ३० लाख लाग्ने रहेछ तर म संग पैसा थिएन । त्यसपछि मैले केपी ओलीलाई फोन गरेर पैसा नभएको कुरा सुनाए ।
उहाँले म साथीहरुलाई भन्दिन्छु नि त भन्नुभयो । एकछिन पछि श्री एयरलाइन्सको फोन आयो र मेरी श्रीमतीलाई एयर एम्बुलेन्समा हालेर भारत लगियो ।
केपी ओलीले मेरो श्रीमती र परिवारप्रति ठुलो गुन लगाउनु भयो, यो गुन म कहिल्यै भुल्ने छैन ।
