• Sunday 18th of October 2026

प्रदेश खारेज गरेर ५ विकास क्षेत्र, १४ अञ्चल कायम गर्न दुर्गा प्रसाईँको माग


  • धनकुटा खबर
  • .

काठमाडौँ । दुर्गा प्रसाईँले सरकारसँग २७ बुँदे माग पेस गरेका छन् । बुधबार गृह मन्त्रालयमा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका प्रतिनिधिहरूले सरकारसँग प्रदेश संरचना खारेजसहितका माग पेस गरेका हुन् ।

सरकारलाई माग पेस गरेपछि अभियान सदस्यले सरकारसमक्ष पेस गरेका माग पढेर सुनाएका छन् । ‘नेपाल नेपालीले नै बनाउने हो, नेपालमै व्यापार गर्न पाउने व्यवस्था मिलाउनुपर्ने, हिन्दु राज्य स्थापनाका लागि जनमत सङ्ग्रह गरिनुपर्ने’, सरकारसमक्ष पेस गरेका मागमा भनिएको छ, ‘प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था गर्नुपर्ने । ’

त्यस्तै निजामती, प्रहरी र सेनाको न्यूनतम तलब एक लाख हुनुपर्ने वैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम न्यूनीकरण गर्नुपर्ने पनि माग पनि प्रसाईँ नेतृत्वको अभियानले सरकारलाई बुझाएको छ । त्यस्तै खाडीमा कामदारका रूपमा गएर जेलमा बस्न बाध्य ७ हजार नेपालीलाई फिर्ता ल्याउनुपर्ने, युवाहरूलाई स्वदेशमा रोजगारीको व्यवस्था गर्नुपर्नेलगायतका माग सरकारसमक्ष अभियानले राखेको छ ।

आफ्ना माग राख्न अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा प्रतिनिधिहरू मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖