• Sunday 18th of October 2026

ओलीलाई संकेत गर्दै माधव नेपालको प्रहार: “कतिपयको होस हवास उडेको छ, गाली नगरी धन्यवाद दिनुस्”


  • धनकुटा खबर
  • .

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकताका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको “सातो गएको” टिप्पणी गरेका छन्।

बुधबार आयोजित मातृभूमि जागरण अभियान समाहित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको छ। कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको हुनुपर्छ, होस हवास गुमेको हुनुपर्छ।”

ओलीलाई संकेत गर्दै उनले गालीगलौजमा नउत्रिन आग्रह गर्दै व्यङ्ग्यात्मक शैलीमा भने, “बरु हामीलाई धन्यवाद दिनुहोस्। ‘मैले बिगारेँ, तपाईंहरूले सपार्दै हुनुहुन्छ’ भनेर धन्यवाद प्रस्ताव पास गर्नुस्। त्यो प्रस्तावले हाम्रो घाउमा मल्हमको काम गर्नेछ।”

पूर्व प्रधानमन्त्री नेपालले एकता अभियानलाई ऐतिहासिक कदम भन्दै गौरवका साथ अघि बढाउनुपर्ने बताए। उनले मातृभूमि जागरण अभियान र आफ्नै पार्टीका नेताहरूलाई एकता सम्भव गराएकोमा धन्यवाद दिए।

उनका अनुसार, कम्युनिष्ट एकताको यो प्रयासले देशको राजनीतिमा नयाँ दिशा दिने विश्वास लिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖