• Sunday 18th of October 2026

प्रचण्डलाई पत्र लेख्दै सेक्युरिटी कमान्डरले छाडे साथ


  • धनकुटा खबर
  • .

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा कमान्ड सम्हालेका पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमान्डर प्रकाशचन्द्र पाण्डे (प्रलोक) ले प्रचण्डको साथ छाडेका छन्।

संगठनमा वस्तुवादी विधि बनाउन तथा पछिल्लो जेनजी आन्दोलन र नयाँ नेतृत्व निर्माणको प्रश्नमा प्रचण्डले बोल्ड डिसिजन लिन नसकेको प्रति असन्तुष्ट जनाउँदै उनले नेकपा माओवादी केन्द्र अर्थात नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेत नरहनेगरी राजीनामा घोषणा गरेका छन्।

उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजकलाई पत्र लेख्दै राजीनामा घोषणा गरेका हुन्।

‘… घट्ना क्रम निरन्तरता हुन थालेपछि मलाई उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पद सहित नेकपा (माओवादी केन्द्र) अर्थात हाल नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेतमा बसिरहनु उचित नलागेपछि राजीनामा पेस गरेको छु,’ पत्रमा भनिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖