• Saturday 17th of October 2026

कांग्रेस संस्थापन पक्षधर २४ केन्द्रीय सदस्य निर्वाचनअघि महाधिवेशनको पक्षमा उभिए


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेस संस्थापन पक्षधर २४ जना केन्द्रीय सदस्यहरु निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने पक्षमा उभिएका छन् ।

उनीहरुले आगामी मंसिरभित्रै पार्टीको १५औं महाधिवेशनको सुरुवात गर्न माग गरेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाउँदै उनीहरुले तत्काल अधिवेशनको कार्यतालिका ल्याउन माग गरेका छन् ।

अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका ल्याउन माग राख्ने २४ जना केन्द्रीय सदस्य १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहबाट निर्वाचित भएका थिए । मागपत्र बुझाउनेमा केन्द्रीय सदस्यहरमा राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा.डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्का रहेका छन् ।

मागपत्रमा भनिएको छ, ‘आसन्न २१ फागुन २०८२ को निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औं महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागू गर्ने ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖