• Saturday 17th of October 2026

किन दिए सन्तोष परियारले राजीनामा ? यस्तो छ राजीनामा पत्र


  • धनकुटा खबर
  • .

काठमाडौँ । रास्वपाका नेता सन्तोष परियारले शुक्रबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।

बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै जेनजी आन्दोलनपछिको परिस्थितिलाई राष्ट्र र जनताको जीवनसँग जोड्न फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने अवस्था आएकाले राजीनामा दिनुपरेको उनले पत्रमा उल्लेख गरेका छन् ।

नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणाहरूको पुनर्परिभाषा र संगठनहरुको पुनर्गठन गर्नुपर्ने अबको ऐतिहासिक जिम्मेवारी युवा पुस्ताको काँधमा आएको समेत उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

यस्तै जेनजी आन्दोलनले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको समेत उनको भनाइ छ ।

उनले रास्वपामा रहँदा नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको पार्टीको विचार निर्माण गर्न नसकेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖