• Saturday 17th of October 2026

सन्तोषको पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक’ वा ‘प्रगतिशील नागरिक’ हुने !


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका नेता सन्तोष परियारले नयाँ राजनीतिक दल गठन गर्ने भएका छन् ।

उनले मानुषी यमी भट्टराई र सुदन किराँती लगायतका नेताहरूसँग मिलेर नयाँ पार्टी बनाउने तयारी थालेका हुन् ।

पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रगतशील नागरिक पार्टीलगायत विकल्पमा छलफल भइरहेको उनले बताए ।

“अब नयाँ पार्टी बनाउँछौँ । मानुषी यमी भट्टराई, सुदन किराँती लगायतका साथीहरू भएर पार्टी बनाउँछौँ,” परियारले भने, “वक्तव्य जारीको तयारी गर्दैछौँ ।”

उनका अनुसार, नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमासमेत पत्र गइसकेको छ ।

परियारले शुक्रबार (आजै) रास्वपाको सचिवालय सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖