• Saturday 17th of October 2026

मानुषी, सुदन किराँतीलाई लिएर नयाँ पार्टी खोल्दै सन्तोष परियार


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका नेता सन्तोष परियारले नयाँ पार्टी बनाउने भएका छन् । शुक्रबार रास्वपाको साधारण सदस्य समेत त्यागेका परियारले नयाँ पार्टी खोल्ने बताए ।

“अब नयाँ पार्टी बनाउँछौँ । मानुषी यमी भट्टराई, सुदन किराँती लगायतका साथीहरू भएर पार्टी बनाउँछौँ,” उनले भने, “वक्तव्य जारीको तयारी गर्दैछौँ ।”

पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रगतशील नागरिक पार्टीलगायत विकल्पमा छलफल भइरहेको उनले बताए ।

उनका अनुसार, निर्वाचन आयोगमासमेत पत्र गइसकेको छ ।

उनले आजै पार्टीबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖