• Saturday 17th of October 2026

१६ वर्षको दुश्मनीपछि पर्शुराम र अभिषेकको ‘अचानक मेलमिलाप’


  • धनकुटा खबर
  • .

विराटनगरका चर्चित र विवादास्पद दुई व्यक्ति पर्शुराम बस्नेत र अभिषेक गिरी, जसको बीचमा खुकुरीदेखि गोलीसम्म चलेको दुश्मनी थियो, १६ वर्षपछि अचानक ‘मित्र’ बनेको तस्बिर सार्वजनिक भएपछि शहरभर हलचल फैलिएको छ।

मध्यस्थकर्ताले यसलाई सामान्य भेट भने पनि सुरक्षा निकायहरू भने निकै सतर्क बनेका छन्।

उनीहरूको भनाइ अनुसार यो मेलमिलाप साधारण होइन, भित्री स्वार्थ, चुनावी योजना र अवैध कारोबारसम्म जोडिएको ‘अपवित्र गठबन्धन’ हुन सक्छ।

दुवैजनाले आगामी चुनावमा आआफ्नो क्षेत्रमा उम्मेदवार बन्ने योजना बनाइरहेका छन्, अनि एकअर्काको बल चाहिने भएकाले सहकार्य सुरु गरेको सुरक्षा स्रोतको दाबी।
दुवैको क्यासिनो, ठेक्कापट्टा र आपराधिक सञ्जाल हुँदा यो मिलनले संगठित अपराधको नयाँ अध्याय खुल्ने डर पनि व्यक्त गरिएको छ।

थोरै भेटघाटमै १६ वर्षको रीस पानीले बगाएजस्तो हराएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा एकैचोटि प्रश्न, डर र संशयको बाढी आइरहेको छ…

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖