• Saturday 17th of October 2026

अस्तित्व रक्षाका लागि प्रचण्ड-माधवले १० कोठे टहरा बनाए- रामबहादुर थापा


  • धनकुटा खबर
  • .

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाली कम्युनिस्ट पार्टीलाई टहराको संज्ञा दिएका छन्।

भरतपुरमा शनिबार आयोजित जनसभामा उपाध्यक्ष बादलले छुट्टाछुट्टै बस्दा अस्तित्व समाप्त हुने डरले उनीहरू एक ठाउँमा आएको बताउँदै नेपाली कम्युनिस्ट पार्टीलाई दस कोठे टहराको संज्ञा दिएका हुन्।

‘अलग अलग कोठामा बसिरहेका थिए। कोठाले उनीहरूको अस्तित्व धानिने भएन। त्यसकारण आफ्नो अस्तित्व रक्षाका लागि दस कोठे टहरा बनाए। अस्तित्व बँच्छ कि भन्ने उहाँहरूको हिसाबकिताब छ,’ उनले भने।
अलग बस्दा निर्वाचन नजितिने भएपछि उनीहरू एक ठाउँमा आएको पनि बादलको दाबी छ।

‘टहरा बनाइयो भने आउने निर्वाचनमा केही सिट पाइन्छ कि भन्ने उनीहरुको राजनीतिक लक्ष्य हो,’ उनले भने।

त्यहाँ दस पार्टी भने पनि मुख्यतः माओवादी केन्द्र र एकीकृत समाजवादी मात्रै रहेको उनले बताए। अरू व्यक्ति मात्रै जोडिएको उनको दाबी छ।
तर एमाले छाडेर गएकाहरूको अस्तित्व टहरामा बस्दैमा रक्षा नहुने पनि उनले बताए। त्यसकारण मूल घरमा फर्कन उनले आह्वान गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖