काठमाडौ । रास्वपा नेतृ तोसिमा कार्कीले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै संगठन भित्रको घमण्ड, दबाब र विधि–पद्धतिप्रति अनादरका कारण ‘सबै अट्ने, सबै खट्ने’ मार्गचित्र पेश हुन नदिइएको आरोप लगाएकी छिन्।
भिन्न मत राख्नेहरूलाई मिडिया ट्रायलमा पारिने प्रवृत्ति बढेकाले सक्षम व्यक्तिहरू पार्टी छोड्न बाध्य हुने चेतावनी दिँदै उनले पार्टी छाड्ने संकेत समेत दिएकी छन्।
