• Saturday 17th of October 2026

पार्टी सुधारको रोडम्याप पेस हुन नदिन संस्थापन पक्षले प्रयास गरेको रास्वपा नेतृ डा. तोशिमा कार्कीको आरोप


  • धनकुटा खबर
  • .

रास्वपा नेतृ डा. तोशिमा कार्कीले पार्टी सुधारको रोडम्याप पेस हुन नदिन संस्थापन पक्षले प्रयास गरेको आरोप लगाएकी छन्।

उनका अनुसार संगठनका सदस्यहरूको दबाबपछि मात्र नेतृत्व बाध्य बनेको हो। उनले पार्टीभित्र बहुमतको कदर नभएको र विधि-पद्धतिअनुसार निर्णय नचलाइएकामा असन्तुष्टि जनाएकी छिन् ।

डा. कार्कीले घमण्ड र दबाबमा पार्टी चलाएर सुधार सम्भव नभएको उल्लेख गर्दै “सबै अट्ने, सबै खट्ने” सिद्धान्त अनुसार रिफर्म नभए सक्षम व्यक्तिहरु बाहिरिन सक्ने चेतावनी दिइन्।

उनले फरक विचार राख्नेहरूलाई मिडिया ट्रायल गर्ने प्रवृत्तिको पनि आलोचना गर्दै देश निर्माणका लागि सहकार्य आवश्यक रहेको बताएकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖