• Saturday 17th of October 2026

राष्ट्रपति शासन लागू गर्न माग


  • धनकुटा खबर
  • .

जनकपुरधाम । जनकपुरधामका युवाहरूले मधेसमा प्रदेशसभा विघटन गरी राष्ट्रपति शासन लागू गर्न माग गरेका छन् । राजनीतिक किचलोबाट आजित भएर उनीहरु सो माग गरिएको जनाएका छन् ।

जनकपुरधामका युवाहरूको एक समूहले आइतबार प्रदेश प्रमुख डा.सुरेन्द्र लाललाई ज्ञापन पत्र बुझाउँदै राष्ट्रपति शासन लागू गर्न माग गरेका हुन् ।

उनीहरुले पछिल्लो समयमा देखिएको भ्रष्टाचार, बेथिति तथा राजनीतिक नाटकले मधेसी जनता आजित भएको भन्दै राष्ट्रपति शासन एक मात्र विकल्प रहेको ज्ञापनपत्रमा ठहर गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा पछि प्रदेशमा बढेको सत्ताको छिनाझपटीले सङ्घीयतासँगै मधेसी जनता समेत बदनाम भएको उनीहरूको भनाइ छ ।

ज्ञापनपत्रमा प्रदेशसभालाई विघटन गरी नागरिक सरकार वा राष्ट्रपति शासनमार्फत नयाँ निर्वाचनमा जानु उपयुक्त हुने सुझाव दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖