काठमाडाैँ । जेनजी अगुवा किशोरी कार्कीको नेतृत्वमा नयाँ पार्टी बन्ने भएको छ । कार्कीको नेतृत्वमा नवनिर्माण पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।
तर, नवनिर्माण पार्टीले दल दर्ताको प्रमाणपत्र भने पाइसकेको छैन । कार्की नेतृत्वको पार्टीले कात्तिक २७ गते आयोगमा निवेदन दिएको आयोगले जनाएको छ ।
योसँगै निर्वाचन आयोगमा २८ वटा नयाँ दल दर्ताको प्रक्रियामा रहेका छन् ।
आयोगले आइतबार दिएको जानकारी अनुसार मन्त्री कुलमानको समर्थनमा गठित उज्यालो नेपाल पार्टीदेखि दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टीसम्म दल दर्ताको प्रक्रियामा छन् ।
