• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय


  • धनकुटा खबर
  • .

ढाका, मङ्सिर १ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले गत वर्षको विद्यार्थी आन्दोलन दमनमा संलग्न भएको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

अदालतले उनीमाथि मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै विद्यार्थी आन्दोलन नियन्त्रणका नाममा सुरक्षा निकायलाई अत्यधिक बल प्रयोगको निर्देशन दिएको प्रमाण भेटिएको जनाएको छ।

तीन सदस्यीय इजलासले सुनाएको फैसलामा हसिनाले आन्दोलनकारीको पहिचान र ‘अभियान नियन्त्रण’ गर्न ड्रोन प्रयोगको अनुमति दिएको उल्लेख छ। साथै, भीड जम्मा भएको स्थानमा हेलिकप्टरमार्फत बम खसाल्नसम्म आदेश दिएको अदालतको निष्कर्ष छ। मुद्दामा उनीसँगै तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षक पनि दोषी ठहरिएका छन्।

अदालतले ५४ जनाको बयान, भिडियो तथा अन्य प्रमाणका आधारमा फैसला सुनाएको हो। शेख हसिना भने सुनुवाइ प्रक्रियामा उपस्थित भइनन्। उनी हाल भारतमा बसेको बताइएको छ।

यस फैसलापछि बंगलादेशको राजनीतिक वातारण फेरि तनावग्रस्त बनेको छ र आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतिक्रिया कस्तो आउने हो भन्नेबारे चासो बढेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖