काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीसँगको बैठक बहिस्कार गरेका छन् ।
प्रधानमन्त्री सुशीलाले काठमाडौं उपत्यकाका मेयरहरुसँग छलफल गर्दा मेयर बालेनले भने बैठक बहिस्कार गर्दै सहभागी नजनाएका हुन्।
जेनजी आन्दोलनपछि सुशीलालाई प्रधानमन्त्री बनाउँन निर्णायक भूमिका खेलेका बालेन पछिल्लो समय सरकारको कामसँग असन्तुष्ट रहेका छन् ।
जेनजी आन्दोलनमा बल प्रयोगमा संलग्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको भन्दै बालेनले गृहमन्त्री ओमप्रकाशलाई पदबाट हटाउन प्रधानमन्त्री सुशीलालाई दबाब दिएका थिए ।
