• Saturday 17th of October 2026

राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको उक्त विभागको सिस्टम ह्याक भएको हो । योसँगै वेबसाइट खुल्न बन्द भएको छ ।

विभागमा महानिर्देशक नमराज घिमिरेका अनुसार करिब एक घण्टा अघिदेखि वेबसाइटमा समस्या देखिएको छ ।

अहिलेसम्म पनि समस्या समाधान भएको छैन । विभागका इञ्जिनियरले सिस्टमको समस्या पत्ता लगाउने प्रयास गरे पनि अहिलेसम्म के भएको हो भन्ने पत्ता लागि नसकेको महानिर्देशक घिमिरेले बताए ।

केही दिन अघिलेखि विभागले मतदाता नामावलीमा नाम दर्ता अनलाइनबाटै गर्न सक्नेगरी सिस्टम विमास गरेको जनाएको थियो ।

उक्त सिस्टम बनाउने सन्दर्भमा जेनजी युवाले जस लिन खोजेपछि त्यतिबेलै डाटाको सुरक्षा र गोपनीयतामा प्रश्न उठेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖