• Saturday 17th of October 2026

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न काठमाडौं प्रशासनको अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौ ।सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न काठमाडौं प्रशासनले अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकीलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो। सो क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको बताएका थिए।

राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना गर्ने आन्दोलन घोषणा गरेका प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

प्रसाईँलाई पक्राउ गरेको विरोधमा उनका समर्थक प्रदर्शनले प्रशासन कार्यालय अगाडी नारावाजी गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖