काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले राजसंस्था पुनर्स्थापना मुलुकको आवश्यकता बन्न सक्ने दाबी गरे।
आफू राजावादी नभए पनि देशको परिस्थिति बदलिन थालेपछि राजसंस्थाको विकल्प गम्भीर रूपमा उठ्न थालेको उनले बताए।
भण्डारीले नेतृत्व छनोटदेखि पार्टीभित्रको व्यवहारसम्म सबैतिर सिद्धान्तविहीन राजनीति फैलिएको आरोप लगाए। पदका लागि मूल्य र प्रतिबद्धता त्याग्ने प्रवृत्ति कांग्रेसमै हाबी भएकै कारण आफू बदनाम भएको टिप्पणी उनले गरे।
उनले मिडियाले पनि परिस्थितिलाई गम्भीर रूपमा बुझ्नुपर्ने समय आएको बताए।
