• Saturday 17th of October 2026

दुर्गा प्रसाईको मध्यराति गरिएको गिरफ्तारी नागरिक शासनको धब्बा, डा भिमार्जुन आचार्यको कडा टिप्पणी


  • धनकुटा खबर
  • .

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सोमबार मध्यरात घरमै पुगेर गरिएको गिरफ्तारीप्रति कानुनविद् डा भिमार्जुन आचार्यले गम्भीर आपत्ति जनाएका छन्। उनले रातको समयमा परिवारसँग बसेको व्यक्तिलाई पक्राउ गर्नु कानुनले नै रोक्का गरेको कुरा स्मरण गराउँदै उक्त कदम नागरिक शासनको निकै ठूलो धब्बा भएको टिप्पणी गरेका छन्।

फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै डा आचार्यले अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा सबैले पालन गर्नुपर्ने कुरा स्वीकार भए पनि मध्यराति गिरफ्तारी गर्नु स्वीकार्य नहुने बताए। उनका अनुसार राज्यले नियमन अधिकार पाउँछ तर यस्तो कार्य कानुनविपरीत छ, र यसले नागरिक शासनको गरिमामाथि चोट पुर्‍याउँछ।

‘मध्यरातमा गिरफ्तार गर्न सरकारले किन बाध्य बनायो?’ भन्दै उनले स्पष्ट जवाफ मागेका छन्।

यसैबीच, दुर्गा प्रसाईलाई प्रहरी परिसर भद्रकालीमा राखिएको छ र सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिनको म्याद थपिएको छ। पक्राउपछि उनका समर्थक र नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने आकलन गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖