• Saturday 17th of October 2026

सुदन गुरुङको कडा प्रश्न, शक्तिशालीलाई छुट र युवामाथि गोली, गृहमन्त्रीज्यू यो कत्तिको न्यायसंगत?


  • धनकुटा खबर
  • .

हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले गृहमन्त्री ओम प्रकाश अर्यालमाथि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार भड्काउ अभिव्यक्ति दिने र काटमारको भाषा बोल्ने व्यक्तिहरू खुलेआम सरकारलाई चुनौती दिँडै हिँडिरहँदा पनि गृह मन्त्रालय मौन बसेको छ, तर शान्तिपूर्ण रूपमा आन्दोलन गर्ने युवामाथि कठोर बल प्रयोग गरिएको छ।

गुरुङले फेसबुकमा लेखेका छन् कि दुर्गा प्रसाईभन्दा धेरै उग्र अभिव्यक्ति दिनेहरूलाई प्रहरीले छुन पनि नखोज्दा, शान्तिपूर्ण विरोधी युवाको टाउकोमा लक्षित गरेर गोली चलाउने कार्यमा संलग्नहरूबिरुद्ध गृह मन्त्रालय मौन बस्नु ठूलो प्रश्नको विषय हो।

गृहमन्त्री अर्याललाई सोध्दै उनले भने, संविधान र विधिको शासन सबैका लागि बराबर लागू हुने हो भने ‘सानालाई ऐन र ठुलालाई चैन’ जस्ता व्यवहार किन देखिँदैछन्?

गुरुङको अर्को कडा टिप्पणीमा शक्तिशाली समूह खुलेआम लोप्पा वितरण गर्दै हिँडिरहेको विषय समेटिएको छ। उनले भने, ‘त्यो लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न तपाईंलाई कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू?’

उनले मृतकका परिवार, घाइते युवा र न्याय खोजिरहेका सबैलाई समान न्याय नदिइएसम्म आगामी निर्वाचन सम्भव नहुने चेतावनीसमेत दोहोर्याएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖