• Saturday 17th of October 2026

एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको जहाज सिमरामा अवतरण रोकियो, युवाहरुको प्रदर्शनपछि काठमाडौंबाट उडान स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिमरामा युवाहरुले नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सवार जहाज अवतरण हुन नदिन प्रदर्शन सुरु गरेपछि काठमाडौँबाट उड्न लागेको बुध्द एयरको जहाज रोकिएको छ।

पत्रकार राजन कुइँकेलका अनुसार यात्रुहरु विमानमा चढिसकेका अवस्थामा सिमराबाट अवतरण रोकिएको सूचना आएपछि सबैलाई विमानबाट ओरालिएको हो। कुइँकेलले सामाजिक सञ्जालमा लेख्दै विमानस्थल बन्द गर्ने जस्तो कदम गम्भीर र अस्वीकार्य भएको टिप्पणी गरेका छन्।

सिमरा विमानस्थल वरिपरि भीड बढ्दै गएको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले पुष्टि गरेका छन्। उनका अनुसार भीडलाई नियन्त्रण गर्न र तनाव नबढ्ने वातावरण बनाएर राख्न प्रहरीले अपिल गरेको छ।

अब जहाज कहिले उड्ने भन्नेबारे स्पष्टता आएको छैन। प्रदर्शनका कारण उडान, अवतरण र समग्र विमानस्थल सुरक्षा उच्च सतर्कतामा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖