• Saturday 17th of October 2026

महेश बस्नेतमाथि जेनजी युवाहरुले लगाए बारा जिल्ला छिर्न प्रतिबन्ध


  • धनकुटा खबर
  • .

नेकपा एमालेका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतमाथि जेनजी युवाहरुले बारा जिल्ला प्रवेशमा प्रतिबन्ध लगाएका छन् ।

जेनजीविरुद्ध अराजक र भड्किलो अभिव्यक्ति दिदैँ आइरहेका महेश प्रदेश स्तरीय युवा जागरण अभियानको नाममा जेनजीविरुद्ध भाषण र नेता कार्यकर्तालाई उकास्न आउँन लागेको थाहा पाएपछि जेनजीहरुले प्रवेशमा प्रतिबन्ध लगाएका छन् ।

सिमरा विमानस्थलमा नै पुगेर जेनजी युवाहरुले लखेट्ने र प्रवेशमा प्रतिबन्ध लगाउने गरी आन्दोलन गरेका छन् । केही समय जेनजी, एमाले कार्यकर्ता र प्रहरीबीच हातपात समेत भएको थियो ।

अहिले एमालेका नेता मध्य सबैभन्दा धेरै महेश जेनजीहरुको निशानामा परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖