• Saturday 17th of October 2026

सिमरा तनावः चढिसकेको विमानबाट झरे शंकर र महेश


  • धनकुटा खबर
  • .

नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चढिसकेको बुद्ध एयरको विमानबाट ओलिएका छन्। उनीहरूलाई रोक्न सिमरा विमानस्थलमा जेनजीहरू आक्रामक भएपछि त्यहाँ कर्फ्यु लगाइएको थियो।

गन्तव्य सिमरा विमानस्थल कर्फ्युका कारण अवरुद्ध भएपछि बुद्ध एयरको उडान तत्कालका लागि रोकिएको थियो। सोही कारण पोखरेल र बस्नेतसहितका यात्रु चढिसकेको विमानबाट झरेका छन्। सबै यात्रुहरूलाई बुद्ध एयरले अहिले विमानबाट झारेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै यात्रु प्रतिक्षास्थलमा ल्याएर राखेको छ।

उडान स्थगित भएर फर्किनुपरेपछि एमाले नेता बस्नेतले अराजक भिडलाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिक रूपमा सरकारको कमजोरी भएको प्रतिक्रिया दिएका छन्।

सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकार प्रयोग गर्न दलहरूलाई निषेध गर्ने प्रवृत्तिलाई सरकारले अप्रत्यक्ष सघाएको पनि उनको आरोप छ। ‘यो घटनाले सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद भएको पुष्टि भएको छ,’ उनले भने।

उता बाराको परवानीपुरमा एमाले महासचिव पोखरेलले उद्घाटन गर्ने भनिएको युवाहरूको प्रदेश भेला भने उनको अनुपस्थितिमै भए पनि अघि बढाइएको छ। तर, जनप्रदर्शको कार्यक्रम भने रोकिएको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖