• Saturday 17th of October 2026

प्रधानमन्त्री कार्कीले दिए यस्तो चेतावनी


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण बिगार्ने ‘हेट स्पीच’ र द्वेषपूर्ण अभिव्यक्तिमाथि सरकार कडाइका साथ उत्रिने चेतावनी दिएकी छिन्। सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक भाषणले समाजमा विभाजन र तनाव बढाउन खोजेको भन्दै दलका शीर्ष नेताहरूलाई अनुशासन र मर्यादा पालना गर्न आग्रह गरिन्।

कार्कीका अनुसार, द्वेषपूर्ण शब्दावली प्रयोग गर्नु आचारसंहिताको गम्भीर उल्लङ्घन हो, र यस्तो कार्यमा संलग्न उम्मेदवार वा नेतामाथि तत्काल कारबाही गर्न सरकार निर्वाचन आयोगसँग सहकार्य गर्न तयार छ। उनले राजनीतिमा शब्दको मर्यादा र संस्कार अनिवार्य भएको उल्लेख गर्दै अभिव्यक्तिको नाममा समाजलाई चोट पुग्ने व्यवहार सहन नहुने बताइन्।

प्रधानमन्त्रीले प्रचार–प्रसार, खर्च र शैलीमा पनि कडाइ गरिने संकेत दिइन्। विगतमा देखिएको भड्किलो खर्च, राज्य शक्तिको दुरुपयोग र अनियन्त्रित प्रचार रोक्न सरकारले कडा मोडबाट अघि बढ्ने उनले स्पष्ट पारिन्। कार्कीका अनुसार, २१ दिनभन्दा बढी प्रचार अवधि नदिने तयारीसहित निर्वाचनलाई मितव्ययी, पारदर्शी र मर्यादित बनाउन सरकारले निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖