• Saturday 17th of October 2026

जेनजी अभियन्ता मिराज ढुङ्गनाको कार्यालयमा आक्रमण


  • धनकुटा खबर
  • .

काठमाडौँ । जेनजीका अभियन्ता मिराज ढुंगानाले आफ्नो कार्यालयमा बुधबार साँझ आक्रमण भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाले घटनाबारे जानकारी दिँदै आफूहरूलाई लक्षित गरी कार्यालयमा आक्रमण तथा हातपात भएको बताएका हुन् ।

ढुङ्गनाले लेखेका छन्, ‘हामी माथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो आज। हामी माथि र हाम्रो महिला साथीहरूमा पनि हातपात भयो। के गर्न खोज्नु भएको हो हामीलाई ?’

यद्यपि उनले को बाट आक्रमण भएको भन्ने विषयमा केही उल्लेख भने गरेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖